६ आश्विन २०८३ मंगलबार
image/svg+xml
ब्लग

खेतमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर सिराहामा एक वृद्धको मृत्यु

सिराहाको औरही गाउँपालिकामा आफ्नै खेतमा रहेको बिजुलीको पोलमा तार जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा औरही गाउँपालिका-१ का ७० वर्षीय रामटहल महतो रहेका छन्। मंगलबार दिउँसो खेतमा सिँचाइ वा अन्य प्रयोजनका लागि विद्युतको पोलमा तार जोड्ने क्रममा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटनास्थलमै ज्यान गुमाएका महतोको शव पोस्टमार्टमका लागि पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०८३ १७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App