१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
अर्थ

प्रधानमन्त्री राहत कोषमा बीस लाख

रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।  

संस्थाका प्रिन्सिपल पुरनबहादुर जोशीले रु १५ लाख र   शिक्षक तथा कर्मचारीले स्थापना गरेको कोषबाट रु पाँच लाख गरी २० लाख दाखिला गरेको हो। राष्ट्र विपद्मा परेका बेला नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्री राहत कोषमा उक्त रकम दाखिला गरिएको  छ। 

रसुवाको बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मकवानपुरका विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट सहयोग गर्नेक्रम जारी छ।  

प्रकाशित: १२ भाद्र २०८३ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App