१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले भन्यो : तत्काल ठूलो जोखिम छैन, तर सतर्क हुन आवश्यक

सरकारका प्रवक्ता सस्मित पोखेरेलले भोटेकोशी बाढीका सम्बन्धमा तत्काल ठूलो जोखिम नरहेको बताएका छन्।

शुक्रबार मन्त्रीपरिषद् बैठकपछि बोल्दै पोखरेलले यसबारे चीनसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ। त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ’, उनले भने,‘ग्ल्यासियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितकोओभरफ्लो भएको छ। त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ।’

प्रकाशित: १२ भाद्र २०८३ १४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App