७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा दुई सैन्य विमान दुर्घटना, चार पाइलटको मृत्यु

फिलिपिन्सको बाताङ्गास प्रान्तमा प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा चार पाइलटको मृत्यु भएको छ। फिलिपिन्स वायुसेनाले शनिबार घटनाको पुष्टि गरेको हो।  

वायुसेनाका अनुसार शुक्रबार स्थानीय समयअनुसार दिउँसो ३:५१ बजे लिपा सहरस्थित फर्नान्डो हवाई आधारमा दुर्घटना भएको थियो। दुवै विमान हवाई आधारको परिसरभित्र खसेका थिए। घटनामा अन्य कुनै हताहती भएको छैन। विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ।

दुर्घटनापछि वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान अस्थायी रूपमा स्थगित गरेको छ। इटालीमा निर्मित यी हलुका विमान पाइलटलाई प्रशिक्षण दिन प्रयोग गरिन्छ।  

यसअघि गत मे २० मा उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तमा प्रशिक्षण उडानकै क्रममा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो।

प्रकाशित: ७ कार्तिक २०८३ २०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App