२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

आफ्नो समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्नेगरी देउवा २६ गते नेपाल आउने

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल आउने भएका छन्।

निवर्तमान सभापति देउवा काठमाडौं आउन लागेका डा शशांक कोइरालाले जानकारी दिए।

शुक्रबार इतर समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो बारे जानकारी दिएका हुन्।

यस्तै, उनले इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

इतर समूहले साउन २९–३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दैछ। कोइरालाले देउवा स्वदेश फर्किँदा राज्यले धरपकड गर्न खोजे त्यसको विरोधमा उत्रिने बताए।

जेनजी आन्दोलनपछि उपचारको लागि भनेर देउवा श्रीमती आरजु राणासँग हङकङ गएका थिए।

प्रकाशित: २२ श्रावण २०८३ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App