नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताएका छन्।
विश्व आदिवासी दिवसको शुभकामना दिँदै ओलीले यस्तो बताएका हुन्। 'आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने यस दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,' उनले भने, 'नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामर्थ्य बढाउने छ।'
उनले नेपालको संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको बताए। साथै, यस समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत उनले गरेका छन्।
प्रकाशित: २४ श्रावण २०८३ ०८:०९ आइतबार



-600x400.jpg)

