राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो निर्वाचनमा नयाँ राजनीतिक दललाई मत दिएका नागरिक नै अहिले सबैभन्दा बढी निराश र असुरक्षित बनेको दाबी गरेका छन्।
शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनमा बोल्दै लिङ्देनले आम नागरिक, निजी क्षेत्र र व्यवसायीसमेत आतंकित अवस्थामा रहेको बताए। उनले महँगी बढेको, बजारमा कृत्रिम अभाव सिर्जना भएको र निजी क्षेत्र निराश बनेको दाबी गरे।
साथै, मुलुक गम्भीर भू–राजनीतिक चक्रव्यूहमा फसे पनि यसबारे खुलेर बोल्ने राजनीतिक शक्ति नदेखिएको उनको भनाइ थियो। लिङदेनले देशलाई संकटबाट निकाल्न राप्रपा बलियो बन्नुपर्ने बताए। उनले नेता–कार्यकर्तालाई एकताबद्ध भएर नयाँ सोच र दृष्टिकोणसहित अघि बढ्न आह्वान गरे।
प्रकाशित: २३ श्रावण २०८३ ११:०३ शनिबार





-600x400.jpg)