जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ।
उक्त आवमा ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ।
उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन्।
गत आवमा रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।
प्रकाशित: २५ श्रावण २०८३ ०८:५५ सोमबार





