२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ग्यास पसलको अनुगमन गर्न निस्किए प्रमुख जिल्ला अधिकारी

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शनिबार अपरान्ह फुङलिङका ग्याँस बिक्री गर्ने पसलहरुको छड्के अनुगमन गरेका छन् ।  

खाना पकाउने ग्याँसको माग र आपूर्तिमा सन्तुलन स्थापित गर्ने उद्देश्यले प्रजिअ दाहाल आफैं छड्के अनुगमनमा निस्किएका हुन् । अनुगमनको क्रममा ग्याँसको भण्डारण भएको नदेखिएको दाहालले बताए । ‘जति आउँछ,ग्याँस बिक्रेताले उपभोक्तालाई त्यति नै ग्याँस दिने गरेको पाईयो’प्रजिअ दाहालले भने‘उपभोक्ताले ग्याँस झर्ने बित्तिकै गाडीबाटै घरतर्फ लगेको पनि पाइयो’ ।  

प्रजिअ दाहालले तत्कालै ग्याँसको माग उच्च नभएको संकेत देखिएको समेत बताए । माग र आपूर्तिबिचको सन्तुलन कायम गर्दै उपभोक्तालाई ग्याँसको अभाव हुन नदिन आफुले तराईका जिल्लाका प्रशासन कार्यालयमार्फत ताप्लेजुङ जिल्लामा नियमित रुपले ग्याँसको उपलब्धताको पहल गरिदिन आग्रह गरिएको दाहालले बताए ।  

प्रजिअ दाहालले आफुले तराईका जिल्लाहरुमा ग्याँस बिक्री गर्ने डिलरहरुसंग समेत कुराकानी गरेको बताए ।

‘ताप्लेजुङ जिल्लालाई बिशेष प्राथमिकतामा राखेर ग्याँसको उपलब्धताका लागि गरिएको आग्रह पछि अर्को साता फेरि केहि मात्रामा ग्याँस सिलिण्डर पठाउने आश्वासन पाएका छौं’प्रजिअ दाहालले भने । उनले खाना पकाउने ग्याँस सहितका दैनिक उपभोग्य बस्तुको माग र आपूर्तिका बिषयमा सरोकारवाला निकायको समन्वयमा प्रशासन कार्यालयले नियमित अनुगमन र निगारानी गर्ने योजना बनाएको बताए । 

प्रकाशित: २३ श्रावण २०८३ २०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App