उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ ।
आगोले राईको घर र घरभित्र रहेको मकै, धान, कोदोलगायत अन्नपात, लत्ता कपडा, भाँडाबर्तन सबै जलेर नष्ट भएको वडाध्यक्ष जितेन्द्र राईले बताए । हर्कबहादुर घरमा नभएका बेला आगलागी हुँदा केही सरसामान निकाल्न नपाएर क्षति भएको हो ।
प्रकाशित: ९ कार्तिक २०८३ १९:३९ सोमबार




-600x400.jpg)
