६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

लमजुङ प्रसाशनले भन्यो- भारी वर्षाको सम्भावना छ, लमजुङ-मनाङ सडकमा उच्च सतर्कता अपनाउनू

जल तथा मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औंल्याएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले सर्वसाधारण तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

असोज ९ देखि ११ गतेसम्म गण्डकी प्रदेशका विभिन्न भू-भागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएसँगै लमजुङ हुँदै मनाङ जोड्ने सडक र ग्रामीण सडकहरूमा बाढी-पहिरोको जोखिम बढेको हो।

प्रशासनले मंगलबार एक जरुरी सूचना जारी गर्दै आगामी शुक्रबार देखि आइतबारसम्मको समयमा मौसम प्रतिकूल रहने जनाएको छ। वर्षाका कारण लमजुङ-मनाङ सडकखण्ड तथा जिल्लाभित्रका ग्रामीण सडकहरूमा पहिरो खस्ने र यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलद्वारा जारी सूचनामा विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने स्थानीय तहहरू तथा सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

सम्भावित जोखिम न्यूनीकरण गर्न र तत्काल उद्धार तथा राहतका लागि आवश्यक सतर्कता अपनाउन प्रशासनले जिल्लावासी एवं यात्रुहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: ६ आश्विन २०८३ २१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App