चितवनको इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारस्थित पृथ्वीराजमार्गमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०१६ प ९६८९ नम्बरको स्कुटरलाई प्रदेश १-०२-००१ क ४५३३ नम्बरको मिक्सर गाडीले ठक्कर दिँदा स्कुटर चालक धादिङको बेनीघाट रोराङ गाउँपालिका-८ का ४२ वर्षीया अम्ब कुमारी श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरमा सवार उनका श्रीमान ४० वर्षीय टपलाल श्रेष्ठ घाइते भएका छन्। उनको खुट्टा र शरीरका विभिन्न भागमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि कुरिन्टारस्थित स्वास्थ्य चौकी लगिएको थियो भने थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा अम्ब कुमारी श्रेष्ठलाई चिकित्सकले साँझ मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि मिक्सर गाडी चालक फरार रहेका छन् भने सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन्। सडक खुलाउन इलाका प्रहरी कार्यालय मुग्लिङ र अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरी टोलीले पहल गरिरहेको जनाइएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ९ चैत्र २०८२ २१:२६ सोमबार





