एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई हराएको छ।
शुक्रबार जापानको निसिनमा सम्पन्न खेलमा नेपालले टेस्ट टोली अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
समूह ‘ए’ मा रहेको नेपालले अफगानिस्तानसँगको खेलमा ५ विकेटको जित निकाल्दै प्रतियोगितामा २ अंक हासिल गरेको छ। यसअघि अफगानिस्तानले जापानलाई हराएर २ अंक हासिल गरेको थियो।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ३ रनको लक्ष्य प्रतस्तु गरेको थियो। जवाफमा नेपालले उक्त लक्ष्य १६ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गरेको हो।
प्रकाशित: ९ आश्विन २०८३ १४:०१ शुक्रबार





