१३ भाद्र २०८३ शनिबार
image/svg+xml
अर्थ

पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन

भोटेकोशीको बाढीमा परेका मध्ये १८७ जना विदेशी पर्यटकको उद्धार भएको छ। ती मध्ये ३ जना पछिल्लो समय सम्पर्कमा आएको पर्यटन बोर्डले बताएको छ। पछिल्लो पटक सम्पर्कमा आउनेमा स्पेनका २ र बेल्जियमका एकजना पर्यटक रहेको पनि पर्यटन बोर्डले बताएको छ।  

बोर्डका अनुसार ४२० जना विदेशी पर्यटक अझै पनि सम्पर्कमा छैनन। बोर्डका अनुसार सबैभन्दा बढी ११४ जना भारतीय पर्यटकको उद्धार भएको छ। त्यस्तै २७ जना चिनियाँ पर्यटकको पनि उद्धार भएको छ। दक्षिण कोरियाका २०जना पर्यटकको उद्धार भएको छ। जर्मनी र माल्टाका ४÷४ जना पर्यटकको उद्धार भएको बोर्डको भनाई छ। अमेरिकाका ३ जनाको उद्धार भएको छ।

बाढीको चपेटामा परेका विदेशी पर्यटकको खोजीका लागि बोर्डले सहजीकरण गरिरहेको बताएको छ। त्यसबाहेक यात्रामा निस्कन थालेका पर्यटकलाई त्यहाँको सडक र मौसमी सूचना लिएर मात्र अघि बढ्न पनि बोर्डले सुझाएको छ।  

प्रकाशित: १३ भाद्र २०८३ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App